अवरुद्ध गल्छी–धुञ्चे–रसुवागढी राजमार्ग सञ्चालनमा |

रसुवा । एक साताअघिदेखि पहिरो खसेका कारण अवरुद्ध भएको गल्छी–धुञ्चे–रसुवागढी राजमार्ग सञ्चालनमा आएको छ । यही भदौ १ गते धुञ्चेनजिक खसेको पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो ।
डिभिजन सडक कार्यालयका अनुसार तीमध्ये धुञ्चेतर्फको पहिरोमा नयाँ मार्ग बनाई यातायात सञ्चालन गरिएको छ भने त्रिशूली नदीपारितर्फको पहिरोमा नयाँ मार्ग बनाउने कार्य शुक्रवार अपराह्नदेखि शुरू गरिएको छ ।