गर्मीमा राम्रो निद्राका लागि राति कस्ता खानेकुरा खाने ? |

गर्मीको समयमा राति खाने खानामा विशेष ध्यान दिनुपर्छ ताकि शरीरमा कुनै प्रकारका समस्या नआओस् । गर्मीमा रातिको खाना जे पायो त्यही खानु हुँदैन । बरु यस्तो खाना खानुपर्छ, जसले शरीरमा तरलता आाउनुका साथै गर्मीको प्रकोपबाट पनि राहत प्रदान गरोस् । कैयौं पटक धेरै खाना खानाले रातिमा विसञ्चो हुनुका साथै राम्रोसँग निद्रा पनि लाग्दैन । गर्मीको समयमा राति खाँदा शरीरलाई लाभ पुग्ने केही खाद्य पर्दाथका बारेमा जानकारी दिन गइरहेका छौं । यस्ता खाद्य पदार्थ खानाले शरीर कमजोर नहुनुका साथै तरलता पनि रहिरहन्छ । गर्मी मौसममा खानुपर्ने केही आवश्यक खाद्य पदार्थका बारेमा मदन लामिछानेको एक रिपोर्टः
लौका

लौकामा गर्मीबाट हाम्रो शरीरलाई राहत दिने थुप्रै गुणहरू हुन्छन् । लौकामा पानीको मात्रा धेरै हुने भएकाले यसले शरीरलाई हाइड्रेट बनाइराख्छ । रातिको खानामा लौका खाएपछि पानी कम खाँदा पनि डिहाइड्रेशन हुँदैन । यदि तपाईंलाई गर्मीमा कुनै पनि खाना राम्रोसँग पच्दैन भने लौका खाँदा राम्रो हुन्छ । लौकाको तरकारी, कोरेर अचार तथा खीर बनाएर खान सकिन्छ ।
काँक्रो

काँक्रोमा पानीको मात्रा धेरै हुन्छ । यसलाई बेलुकाको खानामा खाँदा राम्रो हुन्छ । एउटा काँक्रोमा ९६ प्रतिशत पानी तथा ४ प्रतिशत फाइबरको मात्रा हुन्छ । यसले पाचन पक्रियालाई मजबुत बनाउनुका साथै शरीरलाई डिहाइड्रेट हुन दिँदैन ।
फर्सी

फर्सीमा पोटासियम तथा फाइबर प्रशस्त मात्रामा हुन्छ । यसमा यस्ता गुण हुन्छन्, जसले शरीरलाई चिसो बनाइराख्छन् । गर्मीको समयमा रातिको खानामा यसलाई अवश्य सामेल गराउनुहोस् । फर्सी खानाले शरीरमा ब्लड सुगर पनि नियन्त्रित हुन्छ ।
घिरौंला

घिरौंला गर्मी महिनाका लागि एकदमै उपयोगी तरकारी हो । यसलाई खानाले पाचनक्रिया राम्रो हुनुका साथै यससम्बन्धी कुनै रोग लाग्दैन ।
उसिनेको आलु

गर्मीको समयमा उसिनेको वा फ्राई गरेको आलु खानाले कुनै समस्या हँुदैन । यसमा कार्बोहाइडे«ट हुन्छ । आलुलाई गर्मी मौसममा पचाउन सजिलो हुनुका साथै यसले गर्मीसँग लड्न पनि सहयोग पु¥याउँछ । यसलाई खानाले निद्रा पनि राम्रोसँग लाग्छ ।
दही

दहीमा प्रशस्त मात्रामा पोषकतत्वका साथै क्याल्सियम हुन्छ । रातिमा दही खानाले पेटमा कुनै पनि प्रकारको समस्या आउँदैन । दहीको सेवनले शरीर चिसो हुन्छ ।