ब्याञ्जु भए नगरपालिका संघको अध्यक्ष |

काठमाडौं । नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय सम्मेलनबाट अशोककुमार ब्याञ्जु पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । ब्याञ्जु धुलिखेल नगरपालिकाका मेयर हुन् ।
त्यस्तै गरी संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना , महासचिवमा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना निर्वाचित भएका छन् ।
उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी निर्वाचित भएका छन् । सम्मेलनबाट ३९ सदस्यीय नयाँ समिति चयन भएको छ ।