तालिम कार्यक्रम संचालन गर्नका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र जनता बैंक नेपाल बीच सम्झौता |

काठमाडौँ । आज सुक्रवार आयोजित एक कार्यक्रममा नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र जनता बैंक नेपाल बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार जनता बैंकले आफ्ना कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
उक्त सम्झौतापत्रमा जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।