डिप्रेसनमा भएका नेपाली युवकद्वारा इटालीमा झुण्डिएर आत्महत्या |
इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन । गत अगष्ट १६ तारिख बिहान पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको थियो ।
झण्डै १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए । इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना भएका थिए । त्यसपछि नेपाल फर्केका उनी केही समयको बसाइपछि पुनः इटाली फर्किएका थिए ।
थापाको पोष्टमार्टमको रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जानकारी दिएको छ । उनको तलब, बैंक वा कतै रकम रहेमा सो पत्ता लगाउने पहल भइरहेको दूताबासको भनाई छ ।