नामी कलेजको कार्यशाला सम्पन्न |
काठमाडौं (आपास) । नामी कलेजले ग्लोबल इको सिष्टम, जैविक विविधता तथा जलवायु परिवर्तनसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गर्यो । कलेजले विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको संलग्नतामा मंगलवार कार्यशाला आयोजना गरेको हो ।
गोष्ठीमा ‘साच फाउण्डेशन’का प्रमुख कार्यकारी अधिकृत संकल्पमोहन शर्मा र स्मार्ट पानीका प्रबन्ध निर्देशक सुमन शाक्य वक्ताका रूपमा रहेका थिए । नामी कलेजले बेलायतको नर्थआम्टन विश्वविद्यालयको सझेदारीमा एमबीए, बीबीए (अनर्स), बीएससी (अनर्स)लगायत तथा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत ए लेबलका कक्षा सञ्चालन गर्दै आइरहेको छ ।