रनर मोटरसाइकल बुटवलमा |

रूपन्देही । बंगलादेशमा निर्माण भएको रनर मोटरसाइकल बुटवलमा विक्रीवितरण शुरू भएको छ । यस क्षेत्रका लागि रनरको आधिकारिक विक्रेता रोयल मोटर कम्पनीले बिहीवारदेखि बाइक विक्रीवितरण शुरू गरेको हो ।
कम्पनीका अनुसार रनर बाइक युवापुस्ताको रोजाइ बन्नेछ । रोयल मोटर्स बुटवलका प्रमुख उमानसिंह सारूका अनुसार उक्त बाइक ६ वर्षको वारेण्टीका साथ दिइएको छ भने विक्रीपछिको सेवालाई पनि विशेष ध्यान दिइएको छ ।