लगानी कोषको कामु सीईओमा सुशीलकुमार अर्याल |
काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशक (सीईओ) मा सुशीलकुमार अर्याल नियुक्त भएका छन् । उनलाई बुधवार बसेको कोष सञ्चालक समितिको बैठकले सो पदमा नियुक्त गरेको हो ।
केही दिनदेखि उक्त पद रिक्त रहेको थियो । नवनियुक्त अर्याल यसअघि कोषको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । कोषमा उनी अनुभवी व्यक्तित्वको रूपमा परिचित छन् । उनले वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानुनमा बीएल गर्नुका साथै नेपाल व्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेका छन् ।