एनआईसी एशिया क्यापिटलको एजीएम शुरु | ७.३६५ नगद लाभांशको प्रस्ताव
काठमाडौं । एनआईसी एशिया क्यापिटलको दोस्रो वार्षिक साधारण सभा आज शुक्रबार (भदौ १५ गते) कम्पनीको रजिष्टार्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे देखि शुरु भएको छ । सभामा एनआइसीले चुक्ता पुँजीको ७.३६५ नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ । कम्पनीले नगद लाभांश प्रयोजनका लागि १ करोड ४७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा खर्च गर्ने छ ।
साधारण सभामा आर्थिक वर्ष (आव) २०७४⁄७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पेश भएको छ । यस्तै, आर्थिक वर्ष २०७५⁄७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।