मुक्तिनाथ विकास बैंकको वरदान मुद्दती खाता योजना | साढे ११ प्रतिशत ब्याज पाइने, न्यूनतम ५ लाख राख्नुपर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूको हितका लागि विभिन्न योजनाहरू ल्याउने क्रममा यस पटक पनि नयाँ योजना ल्याएको छ । बैंकले वार्षिक साढे ११ प्रतिशत ब्याज दिने ‘मुक्तिनाथ वरदान मुद्दती खाता’ सञ्चालनमा ल्याएको हो ।
वरदान मुद्दती खाता योजनाअन्तर्गत ग्राहकले १ वर्ष अवधिमा न्यूनतम ५ लाख रुपैयाँ राख्नुपर्नेछ । बैंकका अनुसार यो योजना बैंकका देशैभरि रहेका शाखामा कार्यान्वयन भएको छ ।