६ महिनाभित्र शेयर बजारमा सुधार आउँछ ː अर्थमन्त्री खतिवडा |

काठमाडौं । पछिल्लो समय शेयर बजारका लगानीकर्ताले अर्थ मन्त्रालयका उच्च अधिकारीहरु सँगको भेटवार्ता लाई जोड दिन थालेका छन् । विहिबार पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधीमण्डलले अर्थमन्त्री खतिवडासँग भेटर बजारका समस्याका बारेमा जानकारी गराएका छन् ।
त्यस्तै बुधबारनै नेपाल इन्भेष्टर फोरमका प्रतिनिधीमण्डलले राजस्व सचिव शिशिर ढुंगानालाई भेटेका थिए । शेयर बजार निरन्तर ओरालो लाग्दै गर्दा भेटघाट बाक्लिएको हो ।
पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधीमण्डलसँगको भेटका क्रममा अर्थमन्त्री खतिवडाले ६ महिनापछि शेयर बजारमा सुधार आउने बताएका थिए । उनले ६ महिना पर्खन आग्रह गर्दै शेयर बजारमा सुधार आउने आश्वासन दिएका हुन । उनले लगानीकर्तालाई एकजुट भएर आउन समेत आग्रह गरेका थिए ।
पूँजीगत लाभकरको मुद्दा केही दिनमै टुंगो लाग्ने अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन् । शेयर बजारलाई सहयोग हुने गरि हेज फण्ड ल्याउन लागेको उनले बताए । लगानीकर्ताले नागरिक लगानीकोष तथा संचयकोषलाई शेयर बजारमा मार्केट मेकरको रुपमा ल्याउन अर्थमन्त्री खतिवडालाई आग्रह गरेको छ । उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स दिन आग्रह गरेका थिए ।