एनआईसी एशियाको डुम्रेमा नयाँ शाखा, अब शाखा संख्या २४२ पुग्यो |
काठमाडौं (आपास) । एनआईसी एशिया बैंकले तनहुँको डुम्रेमा नयाँ शाखा चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले बिहीवार उद्घाटन गरेका हुन् । यो बैंकको २ सय ४२औं शाखा कार्यालय हो ।
सो शाखाको सञ्चालनसँगै त्यस क्षेत्रका उद्योगी, व्यवसायी, कर्मचारीलगायत सर्वसाधारणलाई विपत्तीय सेवा लिन अब टाढा पुग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल देशभर २ सय ४२ शाखा कार्यालय, २ सय ३५ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा दिइरहेको छ । शाखा सञ्जालको हिसाबमा निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्यमै ठूलो बैंक एनआईसी एशियाको वासलातको आकार रू. १८३ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगेको छ । ग्राहक संख्या करिब १२ लाख १९ हजार रहेको यस बैंकले संस्थागत सुशासन, जोखीम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ ।