स्वदेशी लघुवित्तको हकप्रदको बूक क्लोज भदौ २५ गते | १०० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं (आपास) । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको बुक क्लोज यही भदौ २५ गते हुने भएको छ । संस्थाले हकप्रद शेयर जारी गर्नका लागि उक्त दिन कम्पनीको बूक क्लोज गर्न लागेको हो ।
यस संस्थाले शेयरधनीहरूलाई १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्दै छ । हाल संस्थाको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । अब यो हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।