प्रभु इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवासम्वन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित वज्राचार्य र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले बैंकको जुनसुकै शाखा कार्यालयहरूबाट प्रभु इन्स्योरेन्सले दिने सम्पूर्ण सेवा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।