बिजुलीको महशुल भुक्तानी अब महालक्ष्मी विकास बैंकको सबै शाखाबाट |
काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयसुहाउँदो आधुनिक बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले हालैदेखि आफ्ना ग्राहकहरूको सहजताका लागि अर्को सेवा पनि थप गरेको छ । बैंकले महशुल तिर्न नेपाल विद्युत् प्राधिकरणमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफ्ना सबै शाखाबाट बिजुलीको महशुल तिर्ने व्यवस्था मिलाएको छ ।
बैंकका अनुसार विद्युत प्राधिकरणको बिजुली महशुल भुक्तानी सेवा दिने महालक्ष्मी पहिलो र एक मात्र बैंक भएको हो । महालक्ष्मी स्मार्ट एपमा पनि यो सेवा उपलब्ध रहेको बैंकले जानकारी दिएको छ । यो सेवाको शुरूवातीसँगै अब ग्राहकको समयको बचत हुनुका साथै आफूलाई पायक पर्ने शाखाबाट बिजुलीको महशुल भुक्तानी गर्न सहज हुने बैंकको विश्वास छ ।