गरिमा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बुधवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका ग्राहहरुले एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट प्राप्त हुने बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानीलगायतका सम्पूर्ण सेवा बैंकका देशभर रहेका शाखाबाट प्राप्त गर्न सकिनेछ ।