फेरि संचालनमा आयो कलंकीको ‘अण्डरपास वे’ l | औपचारिक उद्घाटन केहि समय पछि

काठमाडौं । संचालनमा आएको पाँच दिनमै प्राविधिक काम गर्न वाँकी रहेको भन्दै बन्द गरिएको कलंकी चोकको अण्डरपास वे बुधबारदेखि पुन संचालनमा आएको छ ।
बुधबारबाट दुईलेन अण्डरपास संचालनमा ल्याएको छ । फिनिसिङको काम बाँकी रहेकाले अण्डरपासको दायाँ बायाँ इक्विपमेन्टहरु राख्नुपर्ने भएकाले दुई लेन मात्रै संचालनमा ल्याइएको चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिएका छन् ।
अण्डरपासको पेमभेन्टमा कालोपत्रे गर्ने,रङरोग गर्ने,लेन छुट्याउने लगायतका कामहरु बाँकी रहेका छन्। । अब अण्डरपास बन्द गरेर काम गर्नुपरे सार्वजनिक सूचना निकालेर मात्रै गरिने भण्डारीले बताए । ८ सय मिटरको यो अण्डरपास वे कलंकी चोकबाट खसीबजारतर्फ ४ सय र सितापाइलातर्फ चार सय मिटर लम्बाइ रहेको छ ।