बिमस्टेक पाहुनालाई शितलनिवासमा दिवाभोज |

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका सरकार तथा राष्ट्रप्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुख शितल निवास गएका हुन ।उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले स्वागत गरेका थिए । भेटमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
बिहीबार शुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना गरेकी छन् । बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् ।