शेयरसंसारले सार्वजनिक गर्यो एसएस प्रो. सफ्टवेयर |
काठमाडौं । नेपालमा शेयरबजारसम्बन्धी डिजिटल पत्रिका प्रकाशन र पोर्टफोलियो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयरसंसार डटकमले ‘एसएस प्रो’ सफ्टवेयर सार्वजनिक गरेको छ । उक्त सफ्टवेयरको कम्पनीका प्रबन्ध निर्देशक सन्दीपविक्रम राणाले सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको उक्त सफ्टवेयरमा लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरूको आर्थिक विवरणहरू, लाइभ चार्ट सफ्टवेयर, वाचलिस्ट, पोर्टफोलियोजस्ता विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ । सो सफ्टवेयरमा नेपालमै पहिलोपटक लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार कम्पनीहरूले सार्वजनिक गर्ने वित्तीय विवरणहरुको विश्लेषण गरी दैनिक उतारचढाव हुने बजारमा कसरी जोखीम कम गर्न सकिन्छ भन्ने थाहा पाउन उक्त सफ्टवेयरमा थुप्रै सुविधा रहेका छन् । कम्पनीहरूले प्रकाशित नगर्ने तर लगानीको लागि महत्वपूर्ण हुने दर्जनभन्दा बढी वित्तीय अनुपातहरू, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरू, सामूहिक लगानी कोषहरूको खरिदविक्रीको विश्लेषण, ब्रोकरहरूको कारोबारको निरीक्षण र कुन महिना कुन कम्पनीको शेयर खरिद गर्दा जोखीम कम हुन्छ भनी देखाउने उपकरणहरू एसएस प्रोमा छनन् ।
बजारलाई तलमाथि गर्न सक्ने विभिन्न तत्वहरूमा नियमित निरीक्षण गर्न नसक्ने लगानीकर्ताहरूका लागि पनि एसएस प्रो रहेको कम्पनीको दाबी छ । साथै आफूसँग रहेका कम्पनीहरूको बजारमा अस्वाभाविक रूपमा उतार, चढाव भएमा सोको जानकारी पनि एसएस प्रोले दिने कम्पनीले बताएको छ ।