साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस दिँदै |
काठमाडौं (आपास) । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस शेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनका लागि ०.९५ प्रतिशत अर्थात् एक करोड ३० लाख रुपैयाँबराबरको नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । बैंकले गतआव २०७४÷०७५ को नाफाबाट उक्त लाभांश दिन लागेको हो ।
उक्त प्रस्ताव बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने बैंकले जानकारी दिएको छ ।
हाल बैंकको चुक्तापूँजी १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ रहेको छ । अब यो १८ प्रतिशत अर्थात् २४ करोड ८१ लाख ५० हजार रुपैयाँ बोनस वितरणपश्चात् बैंकको चुक्तापूँजी १ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।