ओपो ˋएफनाइनˊ नेपाली बजारमा सार्वजनिक | ५ मिनेट चार्ज गर्दा २ घण्टासम्म कुरा गर्न सकिने
काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ˋओपो एफनाइनˊ सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा आयोजित विशेष समारोहका विच कम्पनीले बहुप्रतिक्षित सेल्फी एक्स्पर्ट ओपो एफ नाइन सार्वजनिक गरेको हो । समारोहमा आईएनटीएम (ईन्डियाज नेक्ष्ट टप मोडल) सुपर मोडल सबिता कार्की र बुगीवुगी नेपाल संस्करणकी विजेता कविता नेपालीलगायत अन्य लोकप्रिय कलाकारको समेत उपस्थिति थियो ।
यो फोन आकस्मिक अवस्थामा ५ मिनेट चार्ज गरेर २ घण्टासम्म प्रयोग गर्न सकिन्छ । यसको फास्ट चार्जिङ सिस्टम झनै आकर्षक र उपयोगी भएकाले ग्राहकको रोजाईमा पर्ने कम्पनीको बिश्वास छ । ओप्पो एफनाइन पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट हो । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाइ छ ।
३ हजार ५ सय एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको फोनको मूल्य नेपाली बजारमा ४ जीबी ¥यामको ४१ हजार ५ सय ५० तथा ६ जीबी ¥यामको ४५ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । यी दुवै फोन ६४ जीबी रोम क्षमतामा उपलब्ध छन् ।
ओप्पो एफनाइनमा रहेको ९०.८ रेसियोसहितको १९.५ः९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाएको छ । नयाँ फोनकै माध्यमबाट ओप्पोले नयाँ च्यानल साउण्ड कण्डक्शन पनि उपलब्ध गराएको छ ।
स्क्रिनसँग समायोजन गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहितकालो रंगमा पेण्ट गरेको छ । यसले फोनको अघिल्लो भागको ईन्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ ।
उद्योगकै अग्रगामी फ्लिप एलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्टसहित ओपो एफनाइनको डिजाइन गरिएको छ ।