ग्रिन डेभलपमेण्ट बैंकको साधारणसभा असोज ८ गते |
काठमाडौं (आपास) । ग्रिन डेभलपमेण्ट बैंक पाँचौ वार्षिक साधारणसभा आगामी असोज ८ गते हुने भएको छ । सभामा आर्थिक वर्ष ०७३०७४ को वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ ।
यसपटकको वार्षिक साधारसभामा बैंकले लगानीकर्तालाई दिने लाभांशका लागि प्रस्ताव गरेको छैन । त्यस्तै, अन्य प्रस्तावमा गतआवका लागि लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक र सर्वसाधारण समूहको ५ जना सञ्चालकको निर्वाचन गर्नेलगायत प्रस्ताव रहेको बैंकले जानकारी दिएको छ ।