एनआईसी एशियाका एकैसाथ दुई शाखा सञ्चालनमा |
काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ दुई नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका–ं.८, न्यूरोड पोखरा र अन्नपूर्ण गाउँपालिका– १, नौडाँडामा एकैसाथ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो ।
न्यूरोड पोखरा शाखाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्याल र नौडाँडा शाखाको बैंकका अर्का सञ्चालक विनोदकुमार प्याकुरेलले हिजो बुधवार उद्घाटन गरेका हुन् ।
बैंकले हाल देशभर २ सय ४१ शाखा कार्यालय, २ सय ३५ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा दिइरहेको छ । शाखा सञ्जालको हिसाबमा निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्यमै ठूलो बैंक एनआईसी एशियाको वासलातको आकार रू. १८३ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगेको छ ।
ग्राहक संख्या करिब १२ लाख १९ हजार रहेको यस बैंकले संस्थागत सुशासन, जोखीम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ ।