लुम्बिनी जनरल इन्स्योरेन्स र मेडिसिटीबीच क्यासलेस उपचारसम्बन्धी सम्झौता |
काठमाडौं (आपास) । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित (क्यासलेस) उपचारसम्बन्धी सम्झौता भउको छ । सोसम्बन्धी सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब लुम्बिनी जनरल इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटी अस्पतालमा नगदरहित (क्यासलेस) उपचार सेवा प्राप्त गर्ने भएका छन् । लुम्बिनीका ग्राहकले मेडिसिटीमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थामा क्यासलेस सेवा उपभोग गर्न पाउने बताइएको छ ।