‘ड्रिम अन’ एजुकेशन कन्सल्टेन्सीको शैक्षिक मेला भदौ १६ गते |
काठमाडौं । ‘ड्रिम अन’ एजुकेशन कन्सल्टेन्सीले उच्व शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । कन्सल्टेन्सीले काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा यही भदौ १६ गते शैक्षिक मेला आयोजना गर्न लागेको हो । मेलाको तयारी पनि पूरा भएको आयेजकले बताएका छन् ।
मेलामा अस्ट्रेलिया, अमेरिकालगायतका देशमा उच्च शिक्षाका लागि जान चाहाने विद्यार्थीहरूले कलेज तथा विश्वविद्यालयका बारे सम्पूर्ण जानकारी लिन सक्ने ‘ड्रिम अन एडुकेशन कन्सल्टेन्सी’का प्रबन्ध निर्देशक भीमबहादुर थापाले बताए ।
मेलामा विद्यार्थी तथा अभिभावकले सबै देशको शिक्षा, शिक्षा नीति, त्यहाँ जाने प्रक्रिया, विश्वविद्यालयले शुल्क, त्यहाँको बसाइ तथा रोजगारीका बारे जानकारी लिन सकिनेछ । सबै खाले जिज्ञाशा मेट्न सक्ने प्रबन्ध निर्देशक थापाले जानकारी दिए । मेलामा १ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकले शैक्षिक जानकारी लिने ‘ड्रिम अन’ले अपेक्षा गरेको छ । मेला बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
कन्सल्टेन्सीले सन् २०१५ देखि उच्च शिक्षा अध्ययनका लागि विश्वका विभिन्न मुलुक जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा पुर्याउँदै आएको छ ।