महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने |
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले २०७४÷७५ को नाफाबाट शेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो ।
बैंकको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने बैंकले जानकारी दिएको छ ।