बन्द हुँदै गुगल प्लस |
गुगल प्लसले इन्टरनेट प्रयोगकर्ताबीच लोकप्रियता हासिल गर्न सकिरहेको छैन । निकै उत्साहका साथ सन् २०११ मा सोसल मिडिया प्लाटर्फम गुगल प्लस लञ्च गरिएको गरिएको थियो । तर निकै प्रयास गर्दा पनि गुगल प्लस प्लाटर्फम बनद अन्तिम टुंगोमा गुगल पुग्न लागेको चर्चा सुरु भएको छ ।
यसको पहिलो पाइलाका रुपमा गुगल फ्रान्सले औपचारिक घोषणा गरेको छ । गुगल फ्रान्सको अफिसियल गुगल प्लस पेजमा राखिएको जानकारी अनुसार यहि हप्तादेखि गुगल प्लसको ढोका बन्द गरिनेछ । गुगल प्लसमा रहेका गुगलका फलोअर्सहरुलाई पनि अब कम्पनीको अफिसियल फेसबुक पेज तथा ट्विटर ह्याण्डलमा रिडाइरेक्ट गरिने बतइएको छ ।
गुगलले आफुले चालेको पछिल्लो कदमको कारण भने खुलाएको थिएन । यद्यपि गुगल फ्रान्सले गुगल प्लसको पेजमा पछिल्लो ४६ हप्तायता कुनै पोष्ट गरेको थिएन । यसले पनि गुगल प्लस सिस्क्रिय नरहेको प्रष्ट हुन्छ । पछिल्लो पटक गरेको सेवा बन्द गर्ने घोषणाको पोष्ट सम्ममा उक्त पेजमा ४ लाख ७१ हजार फलोअर्स थिए । विश्वमा गुगल प्लसका झण्डै ५० करोड प्रयोगकर्ता छन् ।
(एजेन्सीको सहयोगमा)