प्रदेश सरकारले हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने | ५ करोड रुपैयाँ विनियोजन

काठमाडौं । प्रदेश नं ३ ले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न पाँच करोड रुपैयाँ बजेट छुट्याइसकेको बताए ।
नेपाल पूर्वाधार विकास कम्पनीले सन् २०१२ मा सरकारसँग सम्झौता गरे पनि हालसम्म कुनै काम गरेको छैन । पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसँग २०२२ सम्म समय थप गरे तापनि अब उक्त कम्पनीले केही काम गर्न नसक्ने स्पष्ट भएकाले सम्झौता खारेजीका लागि केन्द्र सरकारसँग प्रदेश सरकारले अनुरोध गरेको छ ।
अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने पौडेलले बताए । प्रदेश गौरवको आयोजनाको परियोजनाअन्तर्गत राखेर महत्वका साथ निर्माण अगाडि बढाइने मुख्यमन्त्री पौडेलको भनाई छ ।