बेष्ट फाइनान्सको हकप्रदको आज अन्तिम दिन |

काठमाडौं । बेष्ट फाइनान्सले निष्कासन गरेको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । संस्थाले जेठ २९ गतेसम्म कायम शेयरधनीहरूका लागि ११ लाख ८६ हजार कित्ता हकप्रद शेयरको विक्री खुला गरेको छ ।
हकप्रद आवेदनका लागि प्रभु क्यापिटल कमलादी, फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, साथै आस्बा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट पाइनेछ ।