युनियन हाइड्रोपावरको आईपीओमा आवेदन आज अन्तिम |

काठमाडौं (आपास) । युनियन हाइड्रोपावरले उद्योग प्रभावित क्षेत्रका लागि भनेर निष्कासन गरेको आईपीओ आजबाट निष्कासन तथा विक्री बन्द गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १ सय रुपैयाँको दरमा ७ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको वडा नं. ८, ९ र १०, बेंसीशहर नगपालिकाको वडा नं. ५ र १० तथा कास्की जिल्लाको रूपा नगरपालिकाको वडा नं १ का बासिन्दाका लागि उक्त शेयर निष्कासन गरेको हो ।
प्रभावित बासिन्दाले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आवेदनका लागि लमजुङ जिल्लामा रहेका सीआस्बा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ ।