जनता बैंकको नयाँ योजना ‘मेरो तलब खाता’ | ७ लाखसम्मको बीमा योजना
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि ‘मेरो तलब खाता’ नामक नयाँ योजना सञ्चालनमा ल्याएको छ । बैंकले ‘सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने’ भन्ने श्रम ऐनको अनिवार्य व्यवस्थालाई दृष्टिगत गरेर उक्त खाता सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।
उक्त योजना आकर्षक ब्याजदर, बीमा तथा अन्य धेरै सुविधासहित संचालनमा ल्याएको बैंकले बताएको छ । बैंकले श्रमिक÷कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको जानकारी दिएको छ ।
उक्त खाताका मुख्य विशेषतामा शून्य मौज्दातमा खाता खोल्न सकिने, वार्षिक ब्याज दर ७ प्रतिशत, दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, निःशुल्क भिसा डेबिट कार्ड (दुई वर्षका लागि), निःशुल्क दुर्घटना बीमा सुविधा (७ लाख सम्म) रहेका छन् । साथै उक्त खाताअन्तर्गत निःशुल्क एबीबीएस सुविधा (रू.२ लाखसम्म), निःशुल्क चेक, स्टेटमेन्ट (अन डिमान्ड तथा आस्बा सेवा) रहेको बैंकले जानकारी दिएको छ ।
संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरूले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।