प्रभु इन्स्योरेन्सका ग्राहकले मेडिसिटी अस्पतालमा नगदरहित सेवा पाउने |
काठमाडौं । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमाल र प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित वज्राचार्यले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब नेपाल मेडिसिटी अस्पतालमा प्रभु इन्सयोरेन्सका ग्राहकहरूले नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्ने भएका छन् । कम्पनीले बताएअनुसार उक्त नगदरहित स्वास्थ्य सेवा बिरामी भर्नाको अवस्थामा मात्र लागू हुनेछ ।