कालिका लघुवित्तको नयाँ कर्मचारीका लागि अभिमुखीकरण तालीम |
काठमाडौं (आपास) । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थाका आएका आफ्ना नवप्रवेशी कर्मचारीका लागि एक दिने अभिमुखीकरण तालीम आयोजना गर्यो । कम्पनीले नवप्रवेशी ५१ जना कर्मचारीलाई अभिमुखीकरण तालीम दिएको हो ।
तालीममा कर्मचारीलाई लघुवित्तका बारेमा जानकारीका साथै लघुवित्तको इतिहास, कर्मचारीको काम, कर्तव्य, अधिकार, लघुवित्तको प्रक्रिया एवम् संस्थाको बचत तथा कर्जा सुविधाबारे जानकारी गराइएको कम्पनीले जानकारी दिएको छ ।