बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्रीवितरण विराटनगरमा |

विराटनगर (आपास) । बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्रीवितरण शुक्रवारदेखि विराटनगरमा शुरू भएको छ । उक्त कम्पनीको २ सय ३६ सीसीको फोर स्ट्रोक डीटीएसआई इञ्जिनको पिक अप लोेडर भ्यानको विक्रीवितरण शुरू गरिएको हो ।
म्यासी–सी पिक अप लोडर भ्यानले ५ सय १५ किलो भार वहन गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रमुख प्रशान्त तातेडले १२ लिटर पेट्रोल क्षमताको पिक अप लोडर नगरको साघुरो गल्लीमा समेत सहज रूपमा लैजान सकिने बताए । तीनचक्के म्याक्सी–सीको डिजाइन मुख्यतः ग्यास सिलिण्डर बोक्न, पेयपदार्थ, सब्जी ओसारपोसार, पानीको जार, दूघजन्य पदार्थको ओसारपोसारका लागि उपयुक्त हुने बताइएको छ ।