टिभिएसले ल्यायो १६० फोरभी बाइक | मूल्य २ लाख ७९ हजार रुपैयाँ
काठमाडौं । टिभिएसको आरटिआर १६० फोरभी मोडलको नेपालमा विक्री सुरु गरिएको छ । शक्तिशाली इन्जिन भएको यो बाइक १६० सीसीको हो । टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले शनिबार एक कार्यक्रम गरेर यो बाइकको बिक्री शुरु गरेको थियो । टिभिएस अपाचे आरटिआर सिरिज बजारमा लयाएको १० वर्ष नवित्दै थप प्रविधिसहितको फोरभी मोडल बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।
यो बाइक कार्बाेरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ । १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । बाइकमा १६.५ पीएस ८००० आरपीएममा र १४.८ एनएम ६५०० आर पीएममा रहेको छ । उत्कृष्ट पर्फर्मेन्स र डाइनामिक रेसिङ लुकको यस बाइकले सबैको मन जित्ने जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले बताए ।
कम्पनीका अनुसार पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ । आफ्नो रेसिङ विरासतलाई कायम राख्नको लागि फोरभी पावोर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा छ ।
पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरिएको यो बाइकमा उत्कृष्ट हाइ स्पिड स्टेबिलिटी, बेस्ट इनक्लास अनरअफ ट्रयाक ह्याण्डलिङले सुसज्जित रहेको छ । कम्पनीका अनुसार सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध छ । यसको बजारमूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ । यो बाइक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगमा रहेको कम्पनीले जानकारी दिएको छ ।