मेगा बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता |

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सिटिजन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब ग्राहकहरूले मेगा बैंकका जुनसुकै शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सबाट पाइने जीवन बीमासम्बन्धी सेवा पाउन सक्ने बैंकले जानकारी दिएको छ ।