कैलाश विकास बैंकको नयाँ शाखा ठमेलमा | थप चार स्थानमा खोल्ने तयारी
काठमाडौं (आपास) । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ६३औं शाखा काठमाडौंको ठमेलमा स्थापना गरेको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।
उक्त शाखाबाट विदेशी मुद्रा खरिदविक्री, रेमिट्यान्स, कर्जा निक्षेप कारोबारसहित सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिए ।
यस नयाँ शाखासहित बैंकको शाखा संख्या ६३, एटीएम संख्या २७ पुगेको छ । बैंकले निकट भविष्यमै बांँके जिल्लाको नेपालगंज, सुर्खेतको छिन्चु बजार, वीरेन्द्रगरको महेनद्रनगर, दाङको तुल्सीपुरलगायत अन्य विभिन्न स्थानीय तहमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।