पुनर्बीमा कम्पनीले साधारण शेयर जारी गर्दै, प्रक्रिया अगाडि बढ्यो |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ करोड ६० लाख कित्ता साधारण शेयर जारी गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
निष्कासनसम्बन्धी सम्झौतापत्रमा पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र विक्री प्रबन्धक कम्पनी आरबीबीका तर्फबाट प्रमुख ककार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारीले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको अधिकृत पूँजी १५ अर्ब रुपैयाँ छ भने जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको सर्वसाधारणलाई शेयर जारी गरेपछि पूँजी १० अर्ब पुग्नेछ । उक्त कम्पनीमा सरकारी स्वामित्वसमेत रहेको छ ।