काबरा ग्रुपको तीन प्रकारका चाउचाउ बजारमा |
काठमाडौं । काबरा ग्रुपले तीन प्रकारका तयारी चाउचाउ बजारमा ल्याएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा ७० करोडको लगानीमा स्थापित क्वालिटी नुडल्स इण्डष्ट्रिज प्रालिले ‘रोमियो’, ‘ज्याकपट’ र ‘निकनक’ ब्राण्डमा तीन प्रकारका तयारी चाउचाउ बजारमा ल्याएको हो । ती सबै प्रकारका चाउचाउ शाकाहारी र चिकेन स्वादमा निकालिएका छन् ।
७० ग्रामको पाकेटमा निकालिएको ‘रोमियो’ चाउचाउको बजार मूल्य १५ रुपैयाँ राखिएको छ । एक पाकेट ‘रोमियो’ चाउचाउ खरिद गर्दा एक थान ‘कान्छा चोकोकिड्स’ उपहार पनि राखिएको छ । त्यस्तै, ५५ ग्रामको पाकेटमा उत्पादित ‘ज्याकपट’ चाउचाउको उपभोक्ता मूल्य १० रुपैयाँ छ । एक पाकेट ‘ज्याकपट’ खरिद गर्दा एक थान ठूलो चक्लेट उपहार छ । ‘निकनक’ ब्राण्डको चाउचाउ ४५ ग्राममा छ । यसको उपभोक्ता मूल्य पनि १० रुपैयाँ नै राखिएको छ ।
‘टेस्टी टेस्टी’, ‘बनबन’, ‘बटर क्रेकर’ र ‘डाइजेस्टिभ’लगायतका बिस्कुटको उत्पादन गरिरहेको क्वालिटी गु्रपलाई नेपालमा बिस्कुटको उत्पादनको क्षेत्रमा सबैभन्दा ठूलो उत्पादक मानिन्छ ।