सिभिल बैंकको सहयोग बालविकास समाजलाई |

काठमाडौं । सिभिल बैंक लिमिटेडले बालविकास समाजलाई २ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमबराबरको चेक बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जानकारी दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पाँचखालमा सञ्चालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकको कक्षा १० सम्मको सम्पूर्ण खर्च विगत ८ वर्षदेखि व्यहोर्दै आइरहेको छ । यस बालविकास समाजसँग पनि बैंकले विगत २ वर्षदेखि निरन्तर रूपमा सहयोग उपलब्ध गराउँदै आइरहेको बैंकको भनाइ छ ।