विश्व बैंकको १ अर्ब ६४ करोड सहयोग |

काठमाडौं । नेपालको सार्वजनिक खर्चको सुधारको लागि विश्व बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सहयोग गर्ने गरेको छ । सो सम्बन्धि सम्झौता पत्रमा अर्थमन्त्रालयका आर्थिक समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल प्रमुख फरिस हेरिड जिरोफसले हस्ताक्षर गरेका छन् ।
परियोजना अन्तर्गत सार्वजनिक विकास निर्माणको ठेक्का प्रक्रिया यसको खर्च प्रणालीमा सुधार गरिने, स्थानीय तह र प्रदेश सरकारले गर्ने खर्च सुधारको लागि रकमको प्रयोग हुने भएको छ ।
विश्व बैंकले नेपालको सार्वजनिक खर्चको सुधारको लागि सहयोग गर्दै आएको छ । सहयोग रकम सार्वजनिक खर्च सुधार रणनीति अन्तर्गत हुने छ । १० वर्षसम्म यो रणनीति चल्ने बताइएको छ ।