भदौ १३, १४ र १५ गते जोरविजोर प्रणाली लागू हुने |
काठमाडौं । आगामी भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ ।
विमिष्टेक सम्मेलन अवधिभर पाहुनाहरूको आवागमनलाई व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते तीन दिन उपत्यकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन गरिने भएको छ ।
ʽगृह मन्त्रालयको आदेश अनुसार हामीले तीन दिन जोर विजोर प्रणालीमा सवारी सञ्चालन गर्नेछौ,’ महानगरीय ट्राफिक प्रहरी प्रमुख बसन्त पन्तले भने,‘ भदौ १३ गते बिजोर, १४ गते जोर र १५ गते विजोर नम्बरका सवारी मात्र उपत्यकामा चल्न पाउँछन्। ।’
यस्तै सम्मेलनमा आउने राष्ट्र प्रमुख तथा प्रतिनिधिहरू बस्ने होटल र उनीहरूको आवजावत हुने क्षेत्रको सुरक्षामा सरकारले देशका ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।