पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग माग |

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग आग्रह गरेको छ । उक्त सडक अवरुद्ध हुँदा व्यवसायीका हजारौं मालबाहक ट्रक तथा कण्टेनर रोकिएर बसेको र आफूहरू मर्कामा परेको बताउँदै चाँडोभन्दा चाँडो उक्त सडक खुलाउन महासंघका अध्यक्ष नरेश कटुवालले विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौं ट्रक, कण्टेनर बीच बाटोमा अलपत्र छन्, अर्बौं रुपैयाँबराबरको सामान नेपाल भित्रिन नसकेकाले व्यवसायी मारमा परेका छन् ।’
विज्ञप्तिमा व्यवसायीहरूले बैंक तथा वित्तीय क्षेत्रबाट चर्को ब्याजदरमा रकम लिएर लगानी गरेका ती सामान नेपालमा भित्रिन नसक्दा व्यपारी व्यवसायीका साथै कच्चा पदार्थ रोकिँदा उद्योगलाई समेत समस्या परेको बताइएको छ । रसुवाको उक्त राजमार्ग साउनमा परेको भारी वर्षाका कारण अवरुद्ध भएको थियो ।
बताउँदै