साङ्ग्रिला डेभलपमेण्ट बैंकको सीईओमा श्रेष्ठ |
काठमाडौं । साङ्ग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत (सीईओ) मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । बैंकको आज बसेको सञ्चालक समितिको २१४औं बैठकले उनलाई सो पदमा नियुुक्त गरेको हो ।
यसअघि तत्कालीन एस डेभलपमेण्ट बैंकको प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका श्रेष्ठले त्रिभुुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक तथा इन्सिच्युुट अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ इण्डिया, नयाँ दिल्लीबाट चार्र्टर्ड एकाउण्टेण्ट पूरा गरेका छन् । सन् २००० मा हिमालयन बैंकमा जुुनियर अफिसर तहबाट बैंकिङ करियर शुुरू गरेका उनले हिमालयन बैंकमा इण्टर्नल अडिट डिपार्टमेण्ट हेडसम्मको जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै, उनले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक र भिवोर डेभलपमेण्ट बैंकमा वरिष्ठ प्रबन्धक पदमा कार्यसमेत गरिसकेका छन् । उनले २०१० मा तत्कालीन एस डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुँदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सफलतापूूर्वक बहन गरिसकेका छन् ।
विभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको महत्वपूर्ण पदमा रहेर कार्य गरिसकेका उनले सांग्रिला डेभपलमेण्ट बैंकलाई थप सफलता तथा उचाइमा पुर्याउनेमा बैंक संचालक समितिको विश्वास रहेको छ ।