सहयोगी विकास बैंक दुईचक्के सवारीमा लगानी गर्दै |
काठमाडौं । जनकपुरमा प्रधान कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुईचक्के सवारीसाधनमा लगानी गर्ने भएको छ । बैंकले महोत्तरीको बर्दिवासमा रहेको शान्ति अटो इण्टरप्राइजेजसँग हिरो ब्राण्डको दुईचक्के सवारीमा ५० प्रतिशतसम्म लगानी गर्नेसम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र शान्ति अटो इण्टरप्राइजेजको तर्फबाट प्रोप्राइटर उदीपनारायण महतोले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार शान्ति अटो इण्टरप्राइजेजले विक्री गर्ने हिरो ब्राण्डका दुईचक्के सवारीसाधानलाई कम्पनीले सिफारिश गरेअनुसार मोटरसाइकल मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले ग्राहकहरुलाई फाइदा होस् भन्ने हेतुले बैंकले यस्ता अन्य कम्पनीसँग पनि सम्झौता गरिसकेको जानकारी दिएका छन् ।