नाडा कार्यसमितिको बैठक पहिलोपटक उपत्यकाबाहिर |
पोखरा । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को कायृसमितिको बैठक यसपटक पोखरामा बस्यो । यस क्षेत्रका व्यवसायीको समस्या समाधान गर्ने उद्देश्यले यसपटक उपत्यकाबाहिर कार्यसमिति बैठक गरिएको गरेको नाडाले जानकारी दिएको छ ।
बैंठकपछि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) सँग अन्तक्रिया कार्यक्रमसमेत आयोजना गरिएको नाडाले जानकारी दिएको छ । सो अवसरमा वाडाका अध्यक्ष कालिदास पौडेलको अध्यक्षतामा सम्पन्न छलफलमा स्थानीय सरकारको कर र बजेटबाट सीसीका आधारमा अन्तशुल्क लगाइएको विषयमा धेरै प्रश्न आएको र छलफलसमेत भएको थियो ।
प्रदेश सांसद बिन्दु थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको कर नलगाएको जानकारी दिँदै यदि यस्ता कर सरकारले लगाउन खोजे आफूहरू त्यसको विपक्षमा उभिने बताए । उनले व्यवसायमैत्री वातावरण निर्माणमा आफूहरू लाग्ने जानकारी दिए ।
नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले प्रदेशमा अटोमोबाइलमा संलग्न व्यवसायीको मुद्दा सम्बोधनका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।