वानेश्वर र कोटेश्वरमा पनि ʽअण्डरपास वेʼ बन्ने | डिजाइनका लागि ग्लोबल टेण्डर आब्हान गरियो

काठमाडौं । उपत्यकाको नयाँ बानेश्वर र कोटेश्वरमा अण्डर पास वे बनाइने भएको छ । यसको लागि सडक विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ । डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भैरहेको सडक विभागले जानकारी दिएको छ । छनौंट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन तयार पार्ने छ ।
निर्माणको प्रक्रिया थालेको तीन बर्षमा गाडी कुदाउनका लागि तयार पार्ने योजना विभागको छ । एउटा अण्डरपास बनाउनका लागि १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसै गरि महाराजगंज चोकमा भने चक्रपथ विस्तारकै क्रममा चीन सरकार आफैले अण्डरपास बनाउने बताइएको छ ।
उपत्यकाको बानेश्वर,थापाथली,कालिमाटी,जावलाखेल,कोटेश्वर लगायतका स्थानमा ुओभरहेड व्रिजु बनाउन लागिएको विभागले जानकारी दिएको छ । कोटेश्वर र बानेश्वरमा बन्ने व्रिजको डिजाइनको काम भइरहेको छ । दुबै स्थानमा चालु आर्थिक वर्षभित्रबाटै व्रिज बन्ने बताइएको छ ।