बजारमा मल अभाव शुरु | ३० हजार मेट्रिकटन मल विशाखापत्तनममा अलपत्र
काठमाडौं । कृषकले बाली लगाउने बेलामा सरकारले मल उपलब्ध गराउन सकेको छैन । सरकारको अन्तिम समयमा काम गर्ने बानीका कारण कृषकहरुले वर्षेनी मलको अभाव झेल्दै आएका छन् । अहिले कृषकले मल नपाएर बालिनालीमा लगाउन ढिलो भइसक्यो भनिरहेका बेला सरकारले ल्याउन लागेको मल भने अझै एक साता लाग्ने भएको छ ।
हाल धान खेतीको टप ड्रेसिङको समयका कारण युरिया मलको माग अत्याधिक भएको हो । निर्धारित समयमा युरिया मल विशाखापत्तनममा आएपनि रेलको यार्क नपाउदा आपूर्ति हुन नसकेको कम्पनीले जानकारी दिएको छ ।
नेपाल आउन लागेको ३० हजार मेट्रिक टन मल हाल भारतको विशाखापत्तनममा आएर थन्किएको छ । भारतीय रेल नपाएको कारण मल आउन ढिलो भएको कृषि सामग्री कम्पनी भनाई छ । ग्लोबल टेण्डरबाट इण्डियन पोटास लिमिटेडसंग ३० हजार टन युरिया मल खरिद गरेको हो ।
कम्पनीका अनुसार सो मल रहेको रेल्वे यार्क यही महिनाको ९ र १० गतेमात्रै आउने छ । त्यसपछि मल कृषकले पाउने छन् ।