घलेम्दी हाइड्रोले १५ लाख ५५ हजार कित्ता आइपीओका लागि धितोपत्र बोर्डमा प्रस्ताव गर्यो |
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
यसमा आयोजना प्रभावित स्थानीयलाई निष्कासन गर्दा नबिकेको ४ लाख ५५ हजार ७ सय ७० कित्तासमेत जोडिएको छ । घलेम्दीले स्थानीयका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यो आइपीओमा भिबोर क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ ।