जग्गाको कित्ताकाट खुल्न अझै केहि समय लाग्ने | नयाँ मन्त्री फेरिए पछि ढिलाई हुने सङ्केत
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले जग्गाको कित्ताकाट साउनभित्रै खोल्ने तयारी गरेका थिए । कित्ताकाट फुकाउने तयारी गरिरहँदा मन्त्रालय फूट्यो उनको भागमा कृषि मन्त्रालय मात्रै प¥यो । भूमि मन्त्रालयको जिम्मेवारी पद्माकुमारी अर्याललाई दिइएको छ ।
ुकृषियोग्य जमिनको खण्डीकरण नहुने गरि जग्गाको वर्गाीकरण गरेर बाँकी जग्गाको कित्ताकाट फुकुवा गरिने अर्यालले बताएकी छन् । ुजग्गाको कित्ताकाट फुकाउने विषयमा थप गृहकार्य आवश्यक देखिएको उनको भनाई छ ।
उनका अनुसार कृषि, पशुपालन, वन, उद्योग र वस्तीका आधारमा जग्गाको वर्गीकरण गरिनेछ । कृषि योग्य जमिन नचलाएर कित्ताकाट फुकुवा हुने अर्यालले बताँइन । थप गृहकार्य नगरि कित्ताकाट फुकाउने निर्णयगर्दा भविष्यमा झनै ठूलो समस्या आउने उनले बताइन्। ।